दफा १६
समितिको काम, कर्तव्य र अधिकार
(१) यो ऐन र यस ऐन अन्तरगत बनेका नियम तथा विनियमहरुका अधीनमा रही कोषले गर्नु पर्ने सम्पूर्ण काम कारबाहीहरु गर्नु तथा कोषलाई प्राप्त सम्पूर्ण अधिकारहरूको प्रयोग तथा कर्तव्यको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) मा उल्लेखित काम, कर्तव्यहरुका अतिरिक्त कोषको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्यहरू गर्नु समितिको कर्तव्य हुनेछ ।